जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ फागुन २३ गते ६:१३ मा प्रकाशित

काठमाण्डू, २३ फागुन-जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार राति १० बजेर २५ मिनेट जाँदा जुम्लाको नराकोट आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै भौतिक वा मानवीय क्षति भएको सूचना भने  प्राप्त नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us