काठमाण्डू, २२ फागुन– माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले संसद्मा दिएको अभिव्यक्ति ढाँटछलपूर्ण रहेको बताएका छन् ।
बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले ऊर्जामन्त्रीले संसद्मा राखेको तर्क तथ्याङ्कमा आधारित नभएको उल्लेख गरे ।
सरकारले कानूनविपरीत सेटिङको काम गर्न अह्राएपछि कुलमानले अस्वीकार गर्दा प्रतिशोध साध्न खोजिएको आरोप उनले लगाए । सापकोटाले कुलमानलाई बर्खास्त गरे सरकारलाई निकै महँगो पर्ने चेतावनी दिए ।
सापकोटाले सरकारकै कारण प्राधिकरणको बक्यौता नउठेको बताए ।