ऊर्जामन्त्रीलाई लिङ्देनको चेतावनीः कर्मचारीलाई नोकर नठान्नुस्

काठमाण्डु टुडे २०८१ फागुन २२ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे संसदमा सत्तापक्ष र प्रतिपक्षबीच चर्को चर्की परेको छ ।

आज (बिहीबार) प्रतिनिधिसभाको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप लगाए ।

लिङ्देनले मन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले झुटा विवरण प्रस्तुत गर्नु गलत भएको बताउँदै संसदलाई मूर्खहरूको जमघट नठान्न चेतावनी समेत दिद ।

उनले सरकार कर्मचारीलाई मात्र कारिन्दा र नोकरको रूपमा हेर्ने प्रवृत्ति अपनाएमा आफूहरू त्यस्ता कर्मचारीहरूको पक्षमा उभिने स्पष्ट परेका छन ।

उनले भने, ‘मन्त्रीजीले जसरी सबै प्रतिपक्षमाथि खनिनुभयो। सत्तापक्ष माननीयले पनि एउटा कर्मचारीलाई बोकेर नहिँड्नुस् भन्नुभयो,’ उनले भने, ‘कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ, नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौं ।

अन्याय हुन दिन्नौं।’ लिङ्देनले ३५ अर्ब घाटामा रहेको विद्युत प्राधिकरणलाई आठ वर्षमा ५२ अर्ब खुद नाफामा पुर्‍याउने नेतृत्वकर्ताविरुद्ध गलत सूचना फैल्याउनु जलविद्युत क्षेत्रकै हित विपरीत हुने पनि बताए ।

उनले व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थागत हितलाई कमजोर पार्न नहुने भन्दै मन्त्री खड्कालाई परिस्थिति बिग्रन नदिन चेतावनीसमेत समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us