प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने मेयर बालेनको अडान

काठमाण्डु टुडे २०८१ फागुन २२ गते १७:२५ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई जवाफी पत्र पठाएका छन् ।

मन्त्रालयले बुधबार आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित काठमाण्डू महानगरपालिकालाई पत्राचार गरेको थियो। त्यसको जवाफी पत्र बिहीबार महानगरले मन्त्रालयलाई पठाएको हो ।

पत्रमा साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर नगराउने अडान लिएका हुन । ‘यस्ता परियोजना सञ्चालन व्यवस्थापन गर्ने विषयमा निर्णय गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा (२) (छ) र दफा ९७ तथा काठमाण्डू महानगरपालिका नगर सभाबाट स्वीकृत भएको साझेदारी तथा लगानी ऐन, २०७९ को दफा १७ बमोजिम गठित साझेदारी बोर्ड र नगर कार्यपालिकाको क्षेत्राधिकारको विषय हो’, पत्रमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us