काठमाण्डू, २२ फागुन– कांग्रेस सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन ।
आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद खतिवडाले यस्तो माग गरेका हुन । सांसद खतिवडाले एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग गरिएको भनदै उनले् मुलुककै बदनाम गरिएको पनि बताएका छन ।
उनले भने, ‘एनजीओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन् । त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस् ।’
उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए ।