अर्घाखाँचीमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन २१ गते १८:०४ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– अर्घाखाँचीको मालारानीमा बुधवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

अर्धाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ कुभिन्डेमा भएको उक्त दुर्घटनामा चालक कृष्ण लाल मरासिनीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

बुटवलबाट मालारानी गाउँपालिका २ ढाणचौर आउँदै गरेको लु१ ज ४२२६ नम्बरको जिप दुर्घटना भएको हो ।

चालक मात्रै भएको जिप सडक देखि ४सय मिटर तल खसेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us