मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ अरु कसैको भूमिका छः अर्थमन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ फागुन २१ गते १७:४८ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकलाई २ वर्षभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकालिने दाबी गरेका छन् । आज बुधबारका बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘अहिले हामी सघन निगरानीमा छौं । जसलाई हामी ग्रे लिस्ट भन्ने गर्छौं । सरकारको कमिटमेन्ट छ, सरकारले निर्धारित समयमा निर्धारित काम सम्पन्न गरेर ग्रे लिस्टबाट निकाल्छौं ।’

मुलुक ‘ग्रे लिस्ट’मा पुग्नुमा अहिलेको सरकारको नभइ अरु कसैको भूमिका रहेको भन्दै त्यसबारे सदनमा आफूले जानकारी दिने पनि उनले जिकिर गरे । ‘ग्रे लिस्टमा मुलुकलाई लग्नका निम्ति यो सरकारले होइन अरु कसैले, जसका बारेमा सदनसमक्षम म ह्वाइट पेपर लिएर उपस्थित हुनेछु,’ अर्थमन्त्री पौडेलले भने, ‘हो ग्रेलिस्टबाट मुलुकलाई कमब्याक गर्नका लागि सरकारले गम्भीर पहलकदमी लिएर आउँछौं ।’

‘ग्रे लिस्ट’बाट मुलुकलाई बाहिर निकाल्न दुई वर्षको समय पाइएको भए पनि त्यसअघि नै काम सक्ने उनले बताए । ‘हामीलाई २ वर्षको समय उपलब्ध छ । त्यो भन्दा अगाडि नै मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्छौं,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us