काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरी ढकालले संसद् सचिवालयले दुई जना पत्रकारलाई संसद् भवन परिसर प्रवेश गर्ने पासमा लगाएको निलम्बन फुकुवाको माग गरेका छन ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास निलम्बन गरेको थियो ।
त्यसबारे प्रश्न उठाउँदै रास्वपा सांसद ढकालले दल र सरकारको दबाबमा रहेर पास खोसिएको बताए । उनले भने, ‘आज संसद् सचिवालयले दुई जना पत्रकारको पास खोसेछ । दल, सरकारको प्रभाव दबाबमा रहेर जसरी पास खोसिएको छ ।
आज नै ती पत्रकारहरूको पास फिर्ता गरियोस्,’ ढकालले भने । संसद् सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ । सोही प्रवेश पास महासचिवस्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।