अध्यादेशको विरोधीलाई सरकारको जवाफ– काँडाको आखाँमा काँडै संसार

काठमाण्डु टुडे २०८१ फागुन २१ गते १५:३५ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी दलले अध्यादेशबारे भएका विरोधहरू विषयवस्तुमा आधारित रहेर नभएको दाबी गरेका छन ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ । कार्यसूची अनुसार अध्यादेश स्वीकृत गर्ने प्रक्रिया अन्तर्गत विपक्षी दलहरूले सरकारले सदन छल्नका लागि अध्यादेश ल्याएको भनेर विरोध जनाएका थिए ।

जवाफ दिन रोष्ट्रम पुगेका सञ्चारमन्त्री गुरुङले दुर्गालाल श्रेष्ठको कविता सुनाए, ‘फुलको आखाँमा फुलै संसार, काँडाको आखाँमा काँडै संसार ।’ प्रतिपक्षले काँडा मात्रै देखेको उनको भनाइ छ । ‘उहाँहरूले काँडा काँडा मात्रै देख्नुभएको छ ।

हामीले फुलै फुल देखेका छौं,’ उनले भने । विपक्षी दलहरूले विरोधका लागि मात्रै विरोध गरेको भनेर अध्यादेश स्वीकृत हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us