काठमाण्डू, २१ फागुन– मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव भेटिएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार शिशुको शव फाल्नेको पहिचान हुन सकेको उनले जानकारी दिए । २० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएको खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको सुरु गरेको छ ।
शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेको हुन सक्ने डिएसपी अर्यालले जानकारी दिएका छन ।