‘केपी ओली कप’: ओलीको विरोध गरे रंगशालाबाट निकाल्न योजनाबद्ध रूपमा खटाइएका थिए युवा संघका चार हजार कार्यकर्ता

काठमाण्डु टुडे २०८१ फागुन २१ गते १०:२२ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– गत सोमबार काठमाण्डूको दशरथ रंगशालमा ‘केपी ओली कप’ फटुबलको फाइनल खेलको आयोजना गरीएको थियो । उक्त खेलको आयोजना एमाले निकट राष्ट्रिय युवा संघले गरेको थियो । उक्क खेलमा प्रमुख अतिथिको रुपमा सहभागी थिए प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रधानमन्त्री आली रंगशालामा प्रवश गरे लगत्तै उनका समर्थक हरुले ओलीको खुलेर गुनगान गाउँदै थिए भने केहिले भने ओलीको विरोध गर्दै थिए । उक्क खेलको आयोजक राष्ट्रिय युवा संघलाई भने प्रधानमन्त्री ओलीको विरोध गर्नेलाई प्याराफिटबाट हटाउन निर्देश थियो ।

उक्त निर्देशन अनुसार नै प्रधानमन्त्री ओलीको अगाडी प्रधानमन्त्री ओलीकै विरोध गर्ने दर्शक कुट्ने राष्ट्रिय युवा संघका कार्यकताले सत्ताको संरक्ष पाएका छन । सोमबार साझ दशरथ रंगालामा ‘केपी ओली कप’ फुटबलको फाइनल खेलका क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नारबाजी गर्ने र्दशकमाथि राष्ट्रिय युवा संघका कार्यकता जंग तामाङसहितका कार्यकाताले हातपात गरेका थिए ।

सुरक्षामा खटिएको प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गर्न सक्थ्यो । तर, स्पष्ट चिनिने गरी सामाजिक सञ्जालमा कुटपिटका भिडियो ‘भाइरल’ हुँदासम्म पनि ‘उजुरी नआएको’ भन्दै उल्टै संरक्षण दिएको छ । कुटपिटमा संलग्न सिन्धुपाल्चोक घर भएका तामाङ युवा संघमा आबद्ध छन् ।

सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री, मन्त्री, दलका नेता वा उच्चपदस्थमाथि नागरिकले असन्तुष्टि प्रकट गरेको यो नै पहिलो होइन । विगतमा पनि यस्ता नाराबाजी भएका थिए । यस्तो अवस्थामा सुरक्षामा खटिएका प्रहरीले परिस्थिति शान्त पार्न सक्छन् ।

तर, सोमबार युवा संघका दुई युवकले दर्शकमाथि मुक्का हानिरहँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी उल्टै मुक्का खानेमाथि नै खनिएको सार्वजनिक भिडियोमा देखिन्छ । घटनास्थलमा रहेका प्रहरीले कुटपिटमा संलग्न युवा संघका कार्यकर्तालाई पक्राउ गर्नुको सट्टा कुटाई खानेलाई प्यारापिटबाट हटाई युवा संघकै कार्यकर्तालाई जिम्मा लगाइदिएका थिए । त्यसपछि युवा संघका कार्यकर्ताले ती युवकलाई रंगशालाबाट बाहिर निकालेका थिए ।

गत १४ कात्तिकमा दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिप प्रतियोगितामा समेत प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो । सोमबार पनि प्रधानमन्त्रीविरुद्ध कसैले नारा लगाए ‘ठिक पार्न’ भन्दै युवा संघले चार हजारभन्दा धेरै युवा रंगशालामा उतारेको थियो ।

एन्फाले १६ हजार टिकट बिक्री गरेको थियो । तर, युवा संघले शक्तिको आडमा चार हजार कार्यकर्तालाई निःशुल्क प्रवेश पास बाँडेको स्रोतको दाबी छ । प्यारापिटका हरेक ब्लकमा युवा संघका कार्यकर्ता खटिएका थिए ।

उनीहरूलाई ओलीविरुद्ध नारा लगाउने दर्शक पहिचान गर्ने र रंगशालाबाट बाहिर निकाल्ने निर्देशन थियो । सोही निर्देशनअनुसार सोमबार कुटपिट भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us