काठमाण्डू, २१ फागुन– गत सोमबार काठमाण्डूको दशरथ रंगशालमा ‘केपी ओली कप’ फटुबलको फाइनल खेलको आयोजना गरीएको थियो । उक्त खेलको आयोजना एमाले निकट राष्ट्रिय युवा संघले गरेको थियो ।
उक्क खेलमा प्रमुख अतिथिको रुपमा सहभागी थिए प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री आली रंगशालामा प्रवश गरे लगत्तै उनका समर्थक हरुले ओलीको खुलेर गुनगान गाउँदै थिए भने केहिले भने ओलीको विरोध गर्दै थिए । उक्क खेलको आयोजक राष्ट्रिय युवा संघलाई भने प्रधानमन्त्री ओलीको विरोध गर्नेलाई प्याराफिटबाट हटाउन निर्देश थियो ।
उक्त निर्देशन अनुसार नै प्रधानमन्त्री ओलीको अगाडी प्रधानमन्त्री ओलीकै विरोध गर्ने दर्शक कुट्ने राष्ट्रिय युवा संघका कार्यकताले सत्ताको संरक्ष पाएका छन । सोमबार साझ दशरथ रंगालामा ‘केपी ओली कप’ फुटबलको फाइनल खेलका क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नारबाजी गर्ने र्दशकमाथि राष्ट्रिय युवा संघका कार्यकता जंग तामाङसहितका कार्यकाताले हातपात गरेका थिए ।
सुरक्षामा खटिएको प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गर्न सक्थ्यो । तर, स्पष्ट चिनिने गरी सामाजिक सञ्जालमा कुटपिटका भिडियो ‘भाइरल’ हुँदासम्म पनि ‘उजुरी नआएको’ भन्दै उल्टै संरक्षण दिएको छ । कुटपिटमा संलग्न सिन्धुपाल्चोक घर भएका तामाङ युवा संघमा आबद्ध छन् ।
सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री, मन्त्री, दलका नेता वा उच्चपदस्थमाथि नागरिकले असन्तुष्टि प्रकट गरेको यो नै पहिलो होइन । विगतमा पनि यस्ता नाराबाजी भएका थिए । यस्तो अवस्थामा सुरक्षामा खटिएका प्रहरीले परिस्थिति शान्त पार्न सक्छन् ।
तर, सोमबार युवा संघका दुई युवकले दर्शकमाथि मुक्का हानिरहँदा सुरक्षामा खटिएका सुरक्षाकर्मी उल्टै मुक्का खानेमाथि नै खनिएको सार्वजनिक भिडियोमा देखिन्छ ।
घटनास्थलमा रहेका प्रहरीले कुटपिटमा संलग्न युवा संघका कार्यकर्तालाई पक्राउ गर्नुको सट्टा कुटाई खानेलाई प्यारापिटबाट हटाई युवा संघकै कार्यकर्तालाई जिम्मा लगाइदिएका थिए । त्यसपछि युवा संघका कार्यकर्ताले ती युवकलाई रंगशालाबाट बाहिर निकालेका थिए ।
प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहरा रंगशालामा भएको कुटपिटका सम्बन्धमा सामाजिक सञ्जालमा भाइरल भिडियो भेरिफाई गर्ने काम भइरहेको बताउँछन् ।
‘रंगशालामा खिचिएको एउटा भिडियो भाइरल भएको रहेछ । भिडियोबारे प्रहरीलाई नोटिस छ । अहिले भिडियो भेरिफाई गर्ने काम भइरहेको छ,’ उनले भने, ‘हालसम्म कसैको आधिकारिक उजुरी पनि आएको छैन । प्रहरीले थप छानबिन पनि गरेको छैन ।’