पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो

काठमाण्डु टुडे २०८१ फागुन २० गते १८:०९ मा प्रकाशित

काठमाण्डू, २० फागुन– पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । हृदयाघात भएपछि काठमाण्डूको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज शाहको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालका प्रवक्ता अजय मिश्राले पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि वार्डमा सारिएको जानकारी दिएका छन । उनले भने, ‘उहाँको अवस्था निकै सुधार भएको छ ।

अहिले प्राइभेट वार्डमा सारिएको छ’, । पटक पटक हृदयाघात बल्झिएकाले उनको चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार उनको बताइएको छ ।

पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए ।

लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us