१२० थान खुकुरी चोरीको आरोपमा तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन २० गते १७:३६ मा प्रकाशित

काठमाण्डू, २० फागुन– प्रहरीले खुकुरी चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङको धुनिबेशी नगरपालिका–५ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका–९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका–९ का २३ वर्षीय लाल मोहमद देवान रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।

यो समूहले काठमाण्डूको सीतापाइलामा भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी गरेको आरोप रहेको छ ।

उनीहरुबाट प्रहरीले ४५ खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेकाहरुविरुद्ध काठमाण्डू जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाण्डू एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएक छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us