भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप

काठमाण्डु टुडे २०८१ फागुन २० गते १६:२४ मा प्रकाशित

काठमाण्डू, २० फागुन– सत्ता घटक दल एमालेले भोली बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरु अनिर्वाय उपस्थित हरु निर्देशन जारी गरेको छ ।

भोली बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।

अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो ।

त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूलाई भोलिको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us