सप्तरीमा ८० बोरा गाँजा बरामद

काठमाण्डु टुडे २०८१ फागुन २० गते १५:२१ मा प्रकाशित

काठमाण्डू, २० फागुन– प्रहरीले सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको छ ।

जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले ८० बोरा लागुऔषध गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा सीडीओसहितको उपस्थितिमा अहिलेसम्म प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरिएको प्रहरी प्रमुख डकेन्द्र खतिवडाले जानकारी दिएका छन ।

अनुसार अहिले गोदाममा खोजविन चलिरहेको पनि उनले जानकारी दिएका छन । गोदाममा कपडा हार्डवेयरका सामानसहित स्याउसमेत राखिएको प्रहरीले जानकारी दिएको छ ।

कसको गोदाम हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । गोदामबाट बरामद गाँजाको नापतौल गर्ने काम चलिरहेको प्रहरी प्रमुख खतिवडाले जानकारी दिएका छन ।

सीडीओ भोला दाहालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्तरूपमा गोदाममा छापा मारेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us