भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन २० गते १३:३३ मा प्रकाशित

काठमाण्डू, २० फागुन– प्रहरीले पाल्पाबाट अवैध रुपमा राखेको भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–२ खुर्साने बस्ने वर्ष ३८ वर्षका जीवन विश्वकर्मा रहेका छन ।

विकले अवैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको र बन्दुकमा प्रयोग हुने छर्रा र बारुद जस्तो देखिने कालो धुलो पदार्थ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन ।

उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us