फेरि फुट्यो मेलम्चीको पाइप, बाढीले थापाथली क्षेत्र डुबानमा

काठमाण्डु टुडे २०८१ फागुन २० गते ७:५९ मा प्रकाशित

काठमाण्डू, २० फागुन- मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर काठमाण्डूको थापाथली डुबानमा परेको छ ।

थापाथली चोक नजिकै मंगलबार बिहानै मेलम्चीको पाइप फुटेको हो । थापाथलीबाट प्रसुती गृहतिर जाने जाने सडकमा पाइप फुटेर बाढी आउँदा थापाथली क्षेत्र डुबानमा परेको छ ।

बाढीले सडक भासिएको छ भने यातायात अवरुद्ध भएको छ । गत महिना पनि बबरमहलमा मेलम्चीको पाइप फुटेर बाढी आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us