सुदूरपश्चिम प्रदेश सभामुख भण्डारीका सुरक्षाकर्मी बोहराको सवारी दुर्घटनामा मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन १९ गते १६:२९ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) सई योगेन्द्र बोहराको सवारी दुर्घटनामा परी निधन भएको छ ।

आज सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक खण्डअन्तर्गत गोदावरी नगरपालिका–२ स्थित विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा ३४ वर्षीय सई बोहरा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र बोहराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us