पूर्वयुवराज पारस शाहलाई चौथोपटक हृदयघात

काठमाण्डु टुडे २०८१ फागुन १९ गते १६:१७ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन । हिजो आइतबार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो ।

उनले अहिले उपचार जारी रहेकाने छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो ।

उनले भने, ‘हो, उहाँलाई आइतबार साँझ नै हृदयघातको शंका देखेपछि अस्पताल भर्ना गरिएको छ, अहिलेको अवस्थाबारे अस्पतालसँग नै बुझ्नुपर्ला ।’ उनले शाहलाई के भएको भन्नेबारे खुलाएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us