काठमाण्डू, १९ फागुन– आज सोमबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गरेकी छिन् ।
पूर्व राष्ट्रपति भण्डारीले आज प्रर्दशनीमार्ग स्थित राष्ट्रियसभाको हलमा खचाखच उपस्थितिकाबीच उक्त पुस्तक लोकार्र्पण गरेकी हुन ।
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ। उक्त पुस्तक अल्केमी प्रकाशनले गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी छन् ।