काठमाण्डू, १९ फागुन– मनिष झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् ।
आफ्नो निजी कामका लागि भन्दै जिम्मेवारीबाट बिदा लिएका झाले सोमबारबाट पुनः आफ्नो जिम्मेवारी फर्कीएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन ।
उनले लेखेका छन, ‘म केही सप्ताहको अध्ययन बिदापश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’
उनले बिदा लिएपछि गत ३ माघदेखि ३० गतेसम्मका लागि पार्टी प्रवक्ताको जिम्मेवारी सह–प्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।