यथास्थितिमा अध्यादेश पारित हुँदैन: कांग्रेस नेता मीन विश्वकर्मा

काठमाण्डु टुडे २०८१ फागुन १९ गते १२:२५ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले ल्याएको अध्यादेश यथास्थितिमा पारित हुने अवस्था नरहेको बताएका छन । आज सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले यस्तो बताएका हुन ।

उनले सरकारले अध्यादेश ल्याउने अवस्थामा काँग्रेससँग छलफल गरेपनि संसदमा लैजाँदा पार्टीहरूबिचमा असन्तुष्टि आउँदा पारित नहुने अवस्था सिर्जना भएकोपनि बताएका छन ।

उनले भने, ‘अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल त गर्नुभएको थियो, तर अहिले संसदमा लैजाने विषयमा सर्वसम्मत हुने अवस्था देखिएको छैन, यथास्थितिमा हुबहु पारित हुने अवस्था छैन । ’

उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भए पनि आवश्यकता महसुस फरक ढंगले भएको बताउँदै यदि हुबहु पारित नभए प्रतिस्थापन विधेयक मार्फत संसदीय प्रक्रियामा जाने र पारित हुने पनि बताएका छन ।

अर्को प्रसङ्गमा उनले पछिल्लो समय नेपाली कांग्रेस पार्टी चलायमान बन्दै गइरहेको बताए । उनले अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा भइरहेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us