पशुपति बालुवामा भ्रष्टाचारः पूर्वएलडीओसहित ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन १९ गते १२:०४ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– प्रहरीले पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरीएको सिआईबी स्रोतले जानकारी दिएको छ ।

सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् । जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् । रेग्मी भने पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us