बसका सह-चालकद्वारा सुकेधारामा तेश्रो लिंगीको हत्या

काठमाण्डु टुडे २०८१ फागुन १८ गते २२:२८ मा प्रकाशित

काठमाण्डू, १८ फागुन- काठमाण्डूको सुकेधारामा एक तेश्रो लिंगीको हत्या भएको छ ।

ओलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ का ५० वर्षीय अडवीर राईको धोबीखोला करिडोर नजिर्क हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराका अनुसार शिवरात्रिको पूर्वसन्ध्यामा गाँजाको विषयमा भएको विवादपछि राईको हत्या भएको खुलेको छ ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दोलखा मेलुङ्ग गाउँपालिका–६ स्थायीएका २९ वर्षीय विराट शाही ठकुरीलाई शुक्रबार भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको छ ।

शाही यात्रु बसका सह-चालक रहेको खुलेको छ । शाहीले ५ सयमा किनेको गाँजाको मूल्य ५ हजार मागेपछि विवाद भएको र त्यस क्रममा आफूले ढुंगाले किचेर राईको हत्या गरेको स्वीकार गरेका छन् ।

हत्यापछि शव धोबीखोला करिडोर छेउमा रहेको पुरानो शौचालयमा फोहोरले छोपेर हिंडेको उनले बयानका क्रममा बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us