माओवादी नेता शक्ति बस्नेतलाई पितृशोक

काठमाण्डु टुडे २०८१ फागुन १८ गते २२:१२ मा प्रकाशित

काठमाण्डू, १८ फागुन- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई पितृशोक परेको छ ।

बस्नेतका पिता डण्डवीर बस्नेतको आइतबार साँझ ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

दिवंगत बस्नेत लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको सोमबार अपराह्न १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us