केपी ओली कपको विजेता को बन्ला भनेर उत्साहित छुः बुफोन

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १८:०६ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोनले जारी केपी ओली कपको विजेता को बन्ला भन्ने कुराले आफू उत्साहित रहेको बताएका छन् ।

बुफोन आजै नेपाल आइपुगेका छन । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा चिफ गेस्टको रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

‘मेरो लागि यहाँ आउनु ड्रिम कम ट्रयू हो । आयोजकलाई धन्यवाद भन्न चाहन्छु,’ आइतबार सञ्चारकर्मीसँग उनले भने, ‘म केपी ओली कप कसले जित्ला भनेर एकदमै उत्साहित छु ।’

साथै, उनले नेपालको झण्डा देख्दा आफूलाई अनौठो लागेको प्रतिक्रिया पनि दिए । ‘नेपाल ईज वन्डरफुल कन्ट्री । नेपालको झण्डा देख्दा अनौठो लाग्यो । युनिक फ्ल्याग छ,’ उनले भनेका छन् ।

उनलाई सञ्चारकर्मीले फिटनेसको राज सोधेका थिए । जवाफमा उनले भनेका छन्, ‘मलाई थाहा छैन । म सधैँ मेरो कामलाई माया गर्छु । हरेक दिन उत्कृष्ट हुनका लागि फाइट गर्नुपर्छ सहज छैन ।’ बुफोनले फेरि नेपाल आउने आशा राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us