बैंकिङ कसुर तथा सजाय विधेयकमा संशोधन खुला

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– बैंकिङ कसुर तथा सजाय विधेयकमा संशोधन प्रस्ताव राख्ने समय खुला भएको छ ।

आज (आइतबार) बसेको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको छ ।

यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्न सक्ने समय खुला भएको हो । यो विधेयक तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले ६ जेठ २०८० मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

प्रतिनिधि सभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको हो । राष्ट्रिय सभाले पारित गरेपछि यो विधेयक पुनः प्रतिनिधि सभामा फर्किन्छ । दुवै सभाबाट पारित भएपछि सभामुखले प्रमाणित गर्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us