काठमाण्डू, १८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।
केन्द्रीय सदस्य थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको पार्टीलाई जानकारी प्राप्त भएको रास्वपा नेता मनिष झाले जानकारी दिएका छन ।
थापाले यसअघि नै आफू पार्टीको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएको पनि झाले जानकारी गराएका छन ।
नेता झाले भनेका छन, ‘मोहन थापाजीले यस अगावै नै आफूले केही व्यक्तीगत कानुनी प्रक्रियाहरू स्पष्ट र समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो ।’
रास्वपाको वेबसाइटबाट पनि केन्द्रीय सदस्यको सचूीबाट थापाको नाम हटाइएको छ ।