काठमाण्डू, १८ फागुन– सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ । आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको जिल्ला प्रहरी सोलुखुम्बुले जानकारी दिएको छ ।
माथिल्लो तलामा भान्छा थियो । आगलागीको कारण खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान रहेको छ । गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले भनिन्, ‘हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन । आज बिजुली पनि आयो र आगो पनि लाग्यो ।
त्यसैले तार सर्ट भएको हो कि भन्ने हाम्रो अनुमान छ ।’ हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन् । तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ ।