बुटवल, १७ फागुन–रुपन्देहीको मायादेवी गाउँपालिका–२ दंगचैयामा युवकको हत्या भएको छ ।
२९ वर्षीय राकेश सिंह लोधको शनिबार बिहान हत्या भएको प्रहरीले जनाएको छ । आफ्नै घरको बरण्डामा शव देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।
लोधको निधार र कन्चटमा चोट रहेको रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।
राठौरका अनुसा कृषि पेशामा संलग्न लोध घरमा एक्लै बस्थे । घटनापछि उनका लाजु दीपक लोध फरार छन् ।
प्रहरीका अनुसार राकेश र दीपकबीच अंश बण्डाको विषयमा विवाद थियो । प्रहरीले दीपकको खोजी भइरहेको जनाएको छ ।