बालेनले ओलीप्रति असन्तुष्टि जनाएपछि शंकर पोखरेलको काउण्टर, बालेनलाई सोधे यस्तो प्रश्न

काठमाण्डु टुडे २०८१ फागुन १७ गते ८:३८ मा प्रकाशित

काठमाण्डू, १७ फागुन– एमाले महासचिव शंकर पोखरेलले काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई लक्षित गरी कटाक्ष गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसकुबमार्फत बालेन नेतृत्वको काठमाण्डू महानगरपालिकामा किन कोही पनि कार्यकारी अधिकृत जान चाहँदैनन् भन्ने प्रश्न गरे । त्यसमा मेयर साहको ध्यान नगएको पोखरेलको भनाइ छ । त्यसअघि मेयर साहले आफूलाई हराउने ताकमा देश नडुबाउन भन्दै ओलीलाई आग्रह गरेर फेसबुकमा पोष्ट थिए ।

‘प्रधानमन्त्रीज्यू,भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिंडेको मान्छे’, साहले लेखेका थिए ।
तर, पोखरेलले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा असन्तुष्टि जनाएर मात्र नहुने भन्दै बालेनलाई किन कोही पनि जान मान्दैनन् भन्ने प्रश्न गरेका छन् ।

‘काठमाण्डू महानगरका मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ’, पोखरेलले लेखेका छन्, ‘तर, किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन ।’ पोखरेलले विशेष व्यवस्था गरेर भए पनि सरकारले कार्यकारी अधिकृत पठाउनुपर्ने बताए ।

कार्यकारीको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्ने भएकाले विशेष व्यवस्था गर्न पोखरेलले सरकारसँग माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us