प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला: बालेन

काठमाण्डु टुडे २०८१ फागुन १६ गते २१:११ मा प्रकाशित

काठमाण्डू, १६ फागुन काठमाण्डू महानगपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुलाई डुबाउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन ।

आज (शुक्रबार) साझ सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मेयर बालेनले प्रधानमन्त्री ओली लाई यस्तो आग्रह गरेका हुन । ‘मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला, शुक्रबार साँझ बालेन सामाजिक सञ्जालमा फेसबूकमा लेखेका छन्।

अगाडि उनी लेख्छन्, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ। हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मन्छे।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us