पशुपतिनाथ मन्दिर परिसरबाट मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १८:३१ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– यस बर्षको महाशिवरात्रीमा पशुपति दर्शन गर्न भएकाहरुको मोबाइल चोरीमा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ घर भएका ३१ वर्षीय बिजय मगर र गोरखाको बारपाक गाउँपालिका–४ घर भएका ३४ वर्षीय अभिषेक गुरुङ रहेका छन ।

उनीहरुलाई बालाजुस्थित बसन्तनगर गुम्बा नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराले जानकारी दिए । आरोपीहरुको साथबाट प्रहरीले १० थान मोबाइल बरामद गरेको छ ।

आरोपीहरु बिरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको एसपी बोहराले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us