दुई महामन्त्रीबिना कांग्रेसका शीर्ष नेताहरूको बैठक

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १८:१७ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबिना पार्टीका शीर्ष नेताहरूको बैठक जारी छ । बैठक पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा वर्तमान र पूर्व पदाधिकारीको बैठक जारी छ ।

बैठकमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भने अनुपस्थित रहेको बताइएको छ । मौसममा खराबी हुँदा प्लने उड्न नसकेपछि महामन्त्री थापा सडकमार्गबाट काठमाण्डू आइरहेका छन् ।

सडकमार्गबाट आइरहेको हुँदा थापा पार्टी बैठकमा सहभागी हुन नसकेको बताइएको छ । नेपाल लिट्रेचर फेस्टिबलमा शुक्रबार भएको ‘निराशा व्याख्या र वास्तविकता’ सेसनमा थापा वक्ता रहेका थिए ।

महामन्त्री थापा बिहीबार पोखरामा भएको लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा सहभागी भएका थिए ।

अर्का महामन्त्री शर्मा भने गृह जिल्ला झापामा छन् । शर्मा २३ फागुनमा मात्रै काठमाण्डूमा आउने तयारी रहेको छ ।

अध्यादेश, संसद्मा दर्ता भएका विधेयक, भ्रातृ संस्थाको अधिवेशन लगायतमा छलफल गर्न सभापति देउवाले शीर्ष नेताको बैठक बोलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us