भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौंः उपेन्द्र यादव

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका छन ।

आज (शुक्रबार) काठमाण्डूमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलको क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन । उनले भने, ‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् ।

हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौं, र जनआन्दोलनको बाटो पक्रन्छौं, यो स्पष्ट भए हुन्छ । साथै, उनले सुकुमवासीको समस्या पहिचान गरेर सधैंका लागि समस्या समाधान गर्नुपर्ने पनि बताएका छन ।

उनले भने, ‘धेरैवटा अध्यादेश विगतमा सरकारले फिर्ता लिएका छन् । सुकुमवासी भूमिहीनको पहिचान गरौं, समस्या समाधान कसरी गर्ने विज्ञ राखेर बहस गरौं, र वैज्ञानिक बाटो अपनाएर सधैंका लागि समस्या समाधान गरौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us