रास्वपाका २९५ वडा सदस्यले लिए सामूहिक शपथ

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १६:३७ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाण्डू जिल्लाका अधिवेशन भएका वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

आज (शुक्रबार) पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा भएको कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ लिएका हुन् ।

उनीहरू काठमाण्डू जिल्ला सभापति प्रदीप विष्टले सामूहिक शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्यालले वडा अधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us