सर्टिफिकेट सच्याइदिन्छु भनेर ठगेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १६:२३ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– प्रहरीले उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गरेको शैक्षिक प्रमाणपत्र सच्याइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भएका २३ वर्षीय छिरिङ लामा रहेका छन ।

उनलाई काठमाण्डूको नरदेवीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन । लामाले आफु ‘उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ’ भनेर ठगी गरेका हुन् ।

आरोपीलाई कानुनी कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाण्डूमा पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us