सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– महाकाली नगरपालिका–५ किम्तडीमा सुक्खा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।

सुक्खा पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिएका छन ।

सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएको उनले जानकारी दिएका छन ।

यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिएका छन ।

सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो। उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us