काठमाण्डू, १६ फागुन– आज (शुक्रबार) यस बर्षको महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई बाटो खर्चसहित बिदाइ गरिएको छ ।
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित साधु सन्तहरुलाई बिदाइ गरेका पशुपति क्षेत्र विकाश कोषले जानकारी दिएको छ । पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको छ ।
साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ । साधु सन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो ।
परापूर्वकाल देखिनै महाशिवरात्रि मेलामा आएका स्वदेशी तथा विदेशी साधु सन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । बिदाइका क्रममा कोषले साधु सन्तहरुलाई रुद्राक्षको माला समेत लगाई दिएको थियो ।