नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १२:४८ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । उनको आज शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् ।

‘उहाँको देहावसान भएकोबारे हामीलाई औपचारिक जानकारी भएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले भने, ‘परिवार र आफन्तहरुले बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टी हुने जानकारी गराउनुभएको छ ।’

बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्ष (आईसीयु)मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो ।

वार्डमै उपचाररत रहँदा निधनको खबर आएको सूचना अधिकारी पाण्डेले बताए । उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् । ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us