देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक आज शुक्रबार अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने सभापति देउवा निकट उच्च स्रोतले जानकारी दिएको छ ।

बैठकमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीलाई बोलाइएको छ । बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us