सशस्त्र प्रहरीलाई चाहियो २० इन्स्पेक्टर

काठमाण्डु टुडे २०८१ फागुन १६ गते ८:३० मा प्रकाशित

काठमाण्डू, १६ फागुन– सशस्त्र प्रहरी बलमा २८ प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि भर्ना खुलेको छ ।

बलको प्रधान कार्यालय हलचोकले शुक्रबार सूचना जारी गर्दै २० जना लेखा र ८ जना कानूनतर्फ प्रहरी निरीक्षक माग गरेको हो ।

फागुन १८ देखि चैत १९ गतेसम्म योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन सक्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ ।

अनलाइनमार्फत दरखास्त दिने उम्मेदवारले चैत २२ गतेभित्र भौतिक रुपमा उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने सूचनामा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us