गिरिबन्धु टि–स्टेटभित्र एक जना पुरुष मृत भेटिए

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १७:२० मा प्रकाशित

काठमाण्डू, १५ फागुन– झापाको अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरिबन्धु टि–स्टेटभित्र एक जना पुरुष मृत अवस्थामा फेला परेका छन ।

पाँचथरको फिदिम नगरपालिका–७ स्थायीय घर भएका ३९ वर्षीय कुमार गुरुङको शव गिरिबन्धु टि–स्टेटभित्र फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।

चिया बगानभित्र शव भेटिएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, अनारमनीबाट प्रहरी नयाब उपरीक्षक (डीएसपी) प्रकाश विष्टको नेतृत्वमा एउटा टोली घटनास्थलमा पुगेको थियो ।

त्यसक्रममा कानूनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक जाँचमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us