दानाबारीमा पिकअप भ्यान दुर्घटना, १५ जना घाइते

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १५:३० मा प्रकाशित

काठमाण्डू, १५ फागुन– इलामको माई नगरपालिका–१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका छन ।

आज (बिहीबार) अपराह्न भएको सो दुर्घटनामा १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार पश्चात् थप उपचारका बिर्तामोड तर्फ लगिएको इलामका कार्यवाहक प्रमुख जिल्ला अधिकारी हरि मगरले जानकारी दिएका छन ।

महमाईबाट दानाबारीतर्फ नेपाल मगर संघको एक कार्यक्रमबाट आउँदै गरेका सहभागी लिएर आएको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका घाइतेहरू मध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ । घाइतेहरू माई नगरपालिका– ७ का बासिन्दा भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us