प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन हुन्छः राजेन्द्र महतो

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १५:०१ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकल नस्लवादी सोच रहेको आरोप लगाएका छन ।

दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय समितिको बैठकपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष महतोले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री ओलीको यस्तो प्रवृत्तिविरुद्ध आन्दोलन हुने समेत बताए ।

प्रधानमन्त्री ओलीको एकल नस्लवादी सोच भएकै कारण पहिचानवादीले आफ्नो अधिकारी नपाएको उनले दाबी गरे ।

यसको विरुद्धमा आन्दोलन हुने र त्यसका लागि संयुक्त पहल आवश्यक भएको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us