मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारको क्रममा मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १४:२६ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना–५४प.१८७६ नं को मोटरसाइकलले बुधबार साँझ पैदलयात्री बोहरालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहराको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनापछि मोटरसाइकल चालक विदुर सापकोटा फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौघडाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us