काठमाण्डूको तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– काठमाण्डूको तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार रहेकी छन । उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डूको तीनकुनेस्थित सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकलमा उनी सवार रहेकी थिइन् ।

उक्त मोटरसाइकललाई बा–०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिएपछि उक्त मोटरसाइकल बा–५ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो ।

प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us