काठमाण्डू, १५ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग भइरहेको बताएका छन । आज बिहिबार काठमाण्डूमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले डिटिजल युगमा अपराधीह यसको सहायताबाट अपराध गर्न उद्दत भइरहेको पनि बताएका छन । भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्ने भए पनि यसको सदुपयोग भइरहेको पनि उनले बताएका छन । प्रधानमन्त्री ओलीले प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरु पनि रहेको पनि बताएका छन ।
यही विषय नै चुनौती भएको भएको पनि बताए । प्रधानमन्त्री ओलीले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताएका छन् । उनले अहिले प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरु सभ्य समाज र राज्यका लागि अवरोध भएर आएको पनि बताएका छन । उनले समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेका बताए ।
‘मानिसहरू क्षणि रुपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ’, उनले भने । प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्दै गइरहेको प्रति उनले चिन्ता व्यक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले अघि भने, ‘विकास भए पनि बेथितिहरू धेरै आइरहेका छन्। थिति बस्न सकेको छैन। त्यसकारण यसबाट बच्न जरूरी छ ।’