रारास्थित एमाले नेता बमको होटलमा आगलागी

काठमाण्डु टुडे २०८१ फागुन १५ गते ९:४४ मा प्रकाशित

रारा, १५ फागुन- रारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक होटलमा आगलागी भएको छ ।

छायानाथ रारा नगरपालिका(९ रारा तालनजिकै रहेको डाँफे होटलमा गएराति १ बजेको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । उक्त होटल एमाले नेता एवं पूर्वसांसद गोपाल बमको हो । बम ०७४ को निर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

मुगु प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अच्युतराज आचार्यले होटलका पाँच घरटहरा जलेर नष्ट भएको जानकारी दिए । सेना, प्रहरी र सशस्त्रले बिहान ४ बजेसम्ममा आगलागी पूर्ण नियन्त्रणमा लिएका थिए । आगलागी भएपछि

होटलमा रहेका पाहुनाको भागाभाग भएको थियो । उनीहरुलाई निकुञ्ज कार्यालय र अन्य होटलमा सारिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us